Posts

उपमेयरमा साझा पार्टीकी उम्मेद्वार निरुपमा यादवलाई विवेकशील नेपालीको समर्थन

Image
विवेकशिल पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा साझा पार्टीकी उम्मेद्वार निरूपमा यादवलाई सरमर्थन गर्ने भएको छ। मेयरका लागि रञ्जु दर्शनालाई अगाडि सारेको विवेकशिलले उपमेयरमा यादवलाई सघाउने बताएको हो। सकारात्मक परिवर्तनका निम्ति सहकार्यमा आधारित राजनीतिलाई प्रोत्साहन गर्ने विवेकशील नेपाली दलको घोषित नीति रहिआएको छ। ‘हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे’ लाई नेतृत्वमा पुर्याउन सकिए नै हामीले सोचेको परिवर्तन साकार गर्न सकिन्छ भन्ने मान्यता अनुरुप खुला उम्मेदवार नीति ल्याएको विवेकशील नेपाली दलले सबै पदहरुमा उम्मेद्वारी नदिई सहकार्यको संस्कारलाई बढावा दिन खोजेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ। रन्जु दर्शना र निरुपमा यादवको टीमले काठमाडौं महानगरपालिका मार्फत सिङ्गो मुलुकमा नविन एवं पृथक राजनीतिको सकारात्मक सन्देश संचार गर्नेछ र ब्याप्त राजनीतिक वितृष्णालाई आशामा बदल्ने  पार्टीले आशा राखेको छ। रन्जु दर्शनाको चुनाव चिन्ह ‘स्टकोट’  र यादवको सेलरोटी रहेको छ। - See more at: http://setopati.com/raajneeti/68801/#sthash.aHuwp1ck.wds9aOlm.dpuf

एचआईभी/एड्स रोगबारे नयाँ कुरा पत्ता लाग्यो,संक्रमण हटाउन सकिने

Image
एजेन्सी-  एचआईभी एड्सकोको उपचार सम्भव भएको अमेरिकी वैज्ञानिकहरुले दाबी गरेका छन् । अमेरिकी वैज्ञानिकहरुको एक टोलीले हालसालै मुसामा गरिएको एक सफल परीक्षणपछि संक्रमित मानिसमा पनि एचआईभीको उपचार सम्भव भएको उनीहरुले दावी गरेका हुन् । अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पूर्णतया हटाउन सकिने निष्कर्ष निकालेको छ । क्रिस्पर क्यास्- एउटा यस्तो विधि हो जसबाट व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिन्छ । टेम्पल विश्वविद्यालयअन्तगर्गतको लेविस केट्स स्कूल अफ मेडिसिन (एलकेएस्ओएम) र पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ह्युमन मोडेललाई समावेश गरेर उक्त विधिको विकास गरेका हुन् । अनुसन्धानको क्रममा,मुसाहरुमा मावन प्रतिरोधी कोषिकालाई प्रत्यारोपण गरी उनीहरुमा एचआइभी संक्रमित गरिएको थियो । यो अनुसन्धानको क्रममा विभिन्न तन्तुका जिनबाट एचआइभी नष्ट गर्न उनीहरु यसअघि नै सफल भइसकेका थिए । यो अनुसन्धान एलकेएसओएमका डा।वेनहुई हुईको नेतृत्वमा सम्पन्न गरिएको छ । यो परीक्षणको क्रममा उनीहरु एचआइभी संक्रमि...

पथरीशनिस्चरेमा खुलेअाम याैन धन्दा : ग्राहककाे काेठा सम्मै पुग्न थाले याैनकर्मी

Image
पथरी । माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम नराेकिएपछि पछिल्लाे समय हाेटल सञ्चालकहरूले याेनकर्मी महिलाहरूलार्इ फाेन सेटिङ गरी अवैध याैनधन्दा गराउने गरेकाे पाइएकाे छ । इलाका प्रहरी कार्यालय पथरीले अाफ्नाे क्षेत्रका हाेटलहरूमा सादा पाेशाकका प्रहरीहरू परिचालन गरी पथरी बजारस्थित खाेटांगे हाेटलकि सञ्चालिका सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ पक्राउ गरी कानुनी कार्वाही अघि बढाएकाे छ । अाफ्नाे क्षेत्रमा हुनेगरेका अवैध यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियंत्रण गर्न प्रहरीले थालेका बिशेष अपरेसन अन्तरगत गत बैशाख २२ गते पथरीबजार स्थित खाेटांगे हाेटलमा छापा मार्ने क्रममा हाेटल सञ्चालिका३४ बर्षिया सुनिता राइ सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे । पक्राउ परेका याैनकर्मी महिलाहरूका अनुसार हाेटल सञ्चालिकाले फाेन गरेर बाेलार्इ ग्राहककाे काेठा सम्म पूर्याइदिने गरेकाे प्रहरीकहा बयान दिएका छन । उन...

विराटनगरकी युवतीले पेटमा बच्चा चिनो चाहियो भनिन्’ : राजेश हमाल

Image
चर्चित अभिनेता राजेश हमालले ‘युगदेखि युगसम्म’देखि अहिलेसम्म दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । नेपाली चलचित्र उद्योगलाई व्यावसायिक बनाउन उनको महत्वपूर्ण योगदान छ । हमाल २७ वर्षदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा छन् । सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा काठमाडौंको ¥यापमा हिँडेर अभिनय क्षेत्रमा प्रवेश गरेका उनी केही वर्षअघिसम्म वर्षको औसत १०–१२ वटा चलचित्रमा अभिनय गर्थे । सन् १९९४ मा उनले १६ वटासम्म चलचित्रमा अभिनय गरे । एक सय ७० भन्दा बढी नेपाली र एक पाकिस्तानी चलचित्रमा अभिनय गरेका हमालले यस अवधिमा धेरै फ्यान कमाइसकेका छन् । गज्जबका रामजी ज्ञवालीसँग उनले केही फ्यानलाई यसरी सम्झिएः ज्वाइँ बनाउन खोज्ने वृद्धवृद्धा उमेर पुगेका वृद्धवृद्धाहरू मलाई आफ्नै छोरा–नातिका हिसाबले व्यवहार गर्नुहुन्छ । उहाँहरूले अझैसम्म पनि मप्रतिको माया देखाइरहनुभएको छ । म कतै गएका वेला हिँड्नै नसक्नेहरू पनि दुःख गरेर भेट्न आउनुहुन्छ । कलाकारको हिसाबले भन्दा पनि उहाँहरू आफ्नै घरको छोराको हिसाबले व्यवहार गर्नुहुन्छ । मैले बिहे गर्नुपूर्व कतिपयले यहाँ नजिकै राम्री केटी छ, बिहे गर्नुपर्छ ...

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने,सुन्दा अचम्ब लाग्छ तर बास्तबिकता यहि हो 0

Image
एजेन्सी > के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ ? अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। . बीबीसीमा छापिएको एक रिपोर्ट अनुसार जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा) . आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थ तर्फ दौडन्छ तब उर्जा पैदा हुन्छ। यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थि...