उपमेयरमा साझा पार्टीकी उम्मेद्वार निरुपमा यादवलाई विवेकशील नेपालीको समर्थन
विवेकशिल पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा साझा पार्टीकी उम्मेद्वार निरूपमा यादवलाई सरमर्थन गर्ने भएको छ। मेयरका लागि रञ्जु दर्शनालाई अगाडि सारेको विवेकशिलले उपमेयरमा यादवलाई सघाउने बताएको हो। सकारात्मक परिवर्तनका निम्ति सहकार्यमा आधारित राजनीतिलाई प्रोत्साहन गर्ने विवेकशील नेपाली दलको घोषित नीति रहिआएको छ। ‘हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे’ लाई नेतृत्वमा पुर्याउन सकिए नै हामीले सोचेको परिवर्तन साकार गर्न सकिन्छ भन्ने मान्यता अनुरुप खुला उम्मेदवार नीति ल्याएको विवेकशील नेपाली दलले सबै पदहरुमा उम्मेद्वारी नदिई सहकार्यको संस्कारलाई बढावा दिन खोजेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ। रन्जु दर्शना र निरुपमा यादवको टीमले काठमाडौं महानगरपालिका मार्फत सिङ्गो मुलुकमा नविन एवं पृथक राजनीतिको सकारात्मक सन्देश संचार गर्नेछ र ब्याप्त राजनीतिक वितृष्णालाई आशामा बदल्ने पार्टीले आशा राखेको छ। रन्जु दर्शनाको चुनाव चिन्ह ‘स्टकोट’ र यादवको सेलरोटी रहेको छ। - See more at: http://setopati.com/raajneeti/68801/#sthash.aHuwp1ck.wds9aOlm.dpuf
Comments
Post a Comment